Pages

Thursday, January 15, 2009

यौनका विषयमा पाकाको चासो-http://kantipuronline.com/kolnepalinews


अमृत भण्डारी प्रविधिको विकाससँगै बनेका प्राविधिक सामग्री दैनिक आवश्यकता बन्ने गरेका छन् । यसरी दिनानुदिन मानिसले नयाँ अन्वेषण तथा अनुसन्धान गरिरहेछन् । मानिसको जीवनलाई सहज बनाउन विज्ञानले ठूलो भूमिका खेलेको छ । यसरी अन्वेषण भएका सामग्रीको मानिसले सदुपयोग तथा दुरुपयोग दुवै गरेको पाइन्छ । त्यो पनि सहरमा मात्र होइन कि गाउँमा पनि प्रयोग हुनथालेको छ । मोबाइलकै कुरा गर्ने हो भने सुरु-सुरुको समयमा पर्ने मोबाइलको सेटको मूल्यमा धेरै नै गिरावट आएको छ । चार-पाँच हजारमा पनि धेरै सुविधा भएका मोबाइल बजारमा प्रशस्तै पाइन्छन् । साथै कम्प्युटर पनि धेरै नै सुलभ भएका छन् भने धेरै विद्यार्थीकै लागि पनि पहुँचभित्रकै वस्तु भएको छ, कम्प्युटर । एकदिन पसलमा चिया खाँदै थिएँ । उमेरले कान्छा देखिने दुई भाइ पनि त्यही पसलमा चिया खाँदै थिए । उनीहरूले मोबाइल हेर्दै हाँस्दै चिया पिउँदै गरेका थिए । म त्यही समयमा साथी आएकाले उठेर अर्को स्थान गएँ । उठेकै अवस्थामा ती दुई भाइको मोबाइलको स्त्रिmनमा मेरा आाँखा पुग्ो । त्यहाँ उनीहरूले नीलो फिल्म हेरेको देखेँ । मैले मोबाइलमा गीतहरू राख्ने-सुन्ने गरेको, एफएम सुन्ने गरेको धेरैको पाएको थिएँ । म आफू पनि मोबाइलमा रेडियो सुन्ने गर्छु । तर नीलो फिल्म नै मोबाइलमा बोकेको भने पहिलोपटक देखेँ । ती दुई भाइको मोबाइलमा नीलो फिल्म देखेपछि मैले भिडियो भएको मोबाइल सेटमा कसले के राख्दोरहेछ भनेर चासो दिनथालेँ । जीवन पुस्तान्तर हुँदै गएको छ । तर यौन आनन्द र त्यो प्राप्तिका लागि गरिने कार्यमा भने लुकेर भए पनि पाकाहरूको मन जाने गरेको पाइन्छ । पढाइ-लेखाइ र परम्परावादी सोचबाट नेपालका पाका मानिस पनि एक फड्को मार्न चाहन्छन् । कति घरमा सबैजना बाहिर गएको मौका पाए हजुरबुबाजस्ता पाकाले पनि फेसन टीभीतर्फ रिमोट बढाउँछन् । यौन विषय जति बुढेसकाल लागे पनि तन्नेरी र पाकाबीचमा उत्सुकताको विषय बन्दोरहेछ । त्यसैले होला, यस्ता विषयका लागि पाकाले पनि टाउको तानेर हेर्ने कोसिस गर्छन् । छोराछोरीले फेसन टीभी हेर्नलागे भने गाली गर्ने पाका अभिभावक आफू कोठामा एक्लै भएमा त्यसलाई अवसरको रूपमा लिएर रिमोर्ट घुमाइहाल्छन् । यसै विषयमा कुरा गर्दा वरिष्ठ मानवशास्त्री डिल्लीराम दाहाल भन्नुहुन्छ- पाका र युवाबीचमा केही कुरा एउटै रुचिका हुनसक्छन् । जस्तै- मोबाइलको प्रयोग, कपडा लगाउने, नयाँ अनुभव गर्ने विषयमा नेपालीहरू पनि अगाडि नै देखिन थालेका छन् । मलाई खुलदुली पनि लाग्यो । कम्प्युटर नै भएकाहरूका घरमा के होला भनेर । अहिले समाज यति धेरै परिवर्तन भएछ कि विवाह गरेको केही समयपछि त श्रीमान-श्रीमती बसेर नै नीला फिल्म हेर्ने चलन बढेको रहेछ । ख्याल-ख्यालमा एक विवाहित साथीसँग कुरा गर्दा उसले यसलाई हल्का रूपमा लियो । गाउँमा धेरै तन्नेरीले हिन्दी तथा नेपाली गीतहरू मोबाइलमा राखेर सुन्दै हिँडेको पाइन्छ । यही सहरमा पनि कानमा एयरफोन राखी रेडियो वा आफूले नै राखेका गीत मोबाइलमा सुन्दै हिँडेको पाइन्छ । बहुआयामिक रूपमा सुविधा भएको मोबाइलमा फोन त हुँदै भयो, समय हेर्न, आफ्नो सन्देश पठाउन, रेडियो सुन्न, फोटो खिच्न, भिडियो लगायतका सुविधा छन् । यी सुविधाको उपयोग गर्नु हुँदैन भन्ने होइन कि सही र उचित सदुपयोग गरेमा हाम्रो नराम्रो बानीलाई प्रोत्साहन नमिल्न सक्छ । विवाह गरेपछि बाबुआमा तथा छिमेकीका अगाडि श्रीमतीसँग नबोल्ने समाज अहिले बाबुआमाकै अगाडि अँगालो हाल्नु सामान्य भएको छ । तर श्रीमतीसँग पनि नखुल्ने विगत अहिले नीलो फिल्म हेर्नेसम्म पुगेको रहेछ । मोबाइलमा अधिकांश युवाले यस्ता फिल्म बोकेर हिँड्ने सामान्य भइसकेको रहेछ । हुन त यौनका विषयमा विगतमा भन्दा वर्तमानमा हाम्रो समाज निकै अगाडि बढेको छ । आफ्नो स्वास्थ्यको ख्याल गर्नु, यौनका विषयमा सचेत हुनु राम्रो कुरा हो । तर आफ्नै पाकेटमा नीला फिल्म बोकेर हिँड्दा आपराधिक गतिविधि पनि बढ्न सक्छ । एक १२ कक्षा पढ्ने युवाले भने- अचेल त केटीले पनि यस्ता फिल्म मोबाइलमा बोकेर हिँड्छन् । यौनको तृष्णा सबैसँग हुन्छ र त्यसलाई व्यवस्थित गर्न नसकेर नीला फिल्म हेर्दै जाने हो र सन्तुष्टि लिन थाल्ने हो भने यसले मानसिक रूपमा पनि मानिसलाई विपरीत दिशामा निर्देशित गर्न सक्छ । मलाई ठूला र पाका मानिसको पनि धेरै सुविधा भएको मोबाइल हेर्न मनलागेको छ । उनीहरू के राख्दारहेछन् ? सुन्ने गरेको छु, बुढेसकालमा फेसन टीभी लुकेर हेर्ने पाकाहरूको बानीलाई कतै मोबाइल सेटले पनि रोमाञ्चित त बनाउँदैन ?नलुकाई भन्दा केही पाका साथीले पनि यस्ता दृश्य आफ्ना मोबाइलमा कैद गरेका रहेछन् । आफ्नो स्वास्थ्यका लागि बजारमा कन्डम किन्न जान लाज मान्नेले यस्ता दृश्य बोकेर हिँड्दैमा यौनबारे समाज खुल्दै आएको छ भन्न पनि सकिँदैन । हुन त युगौंदेखि बाँधिएर रहेको समाजमा केही खुलापन आउँदा केही समय विकृति बढ्न पनि सक्छ । तर त्यसका लागि अभिभावक तथा सचेत समाजका नागरिकले पनि ध्यान दिनु जरुरी छ । यौनका विषयमा जति बढी समाज खुल्न सक्दैन, त्यति बढी नीला फिल्म हेरेर चित्त बुझाउनेको संख्या बढ्नेछ । हामी आफैंले आफैंलाई नढाँटी भनौं, कतिको घरको कम्प्युटरमा लुकाएर राखेका फाइलभित्र नीला फिल्म छन् । गाउँकै एक भाइले मलाई भनेका थिए, एक शिक्षित परिवारका बाबुछोरा सँगै बसेरै नीलो फिल्म हेरे रे । यसले आफ्ना सन्तानमा पार्ने मानसिक असरलाई उनले बुझ्न सकेनन् । प्रविधिको विकाससँगै बढेका सामाजिक विकृतिले भविष्यको समाजलाई अझ बढी अपराध तथा समवेदनहीनतातर्फ लैजानेछ । गाउँदेखि सहरसम्मका हाम्रा राम्रा विगतका अभ्यासलाई आधुनिकतासँगै बिर्संदै जानुपर्छ भन्ने छैन । हामी हाम्रो संस्कृतिका लागि पश्चिमी तथा युरापेलीभन्दा बढी भाग्यमानी छौं । सकारात्मक पक्षलाई अवलम्बन गर्ने र नकारात्मक पक्षलाई नकार्ने हो भने भविष्यमा हामी आधुनिकीकरण तथा विश्वव्यापीकरणसँगै सुखी जीवन बिताउन सक्छौं । जसले क्षणक्षणको असन्तुष्टि तथा छट्पटीलाई समेत हटाउँदै एक नयाँ र सभ्य समाज विकास गर्न सहयोग पुर्याउनेछ ।

लेखक, मानवशास्त्री हुन् ।

Wednesday, January 14, 2009

परेर पनि कहिल्यै सिक्न नजान्ने हामी-From Dainikee.com

अमृत भण्डारी
दुर्भाग्य, हामीकहाँ विकसित मुलुकमा जस्तो गल्तीबाट शिक्षा लिने संस्कारको विकासै हुन सकेन।
गत मंसीर २६ गते बनभोज सकेर बुटवल फूलबारीबाट फर्कँदै गर्दा नवलपरासी मुकुन्दपुर–६ स्थित कलभर्टमा बस दुर्घटनामा परी २३ जना विद्यार्थी तथा शिक्षकले ज्यान गुमाए। दुर्घटनाको कारण चालकले मदिरा सेवन गरेर तीब्र गतिमा गाडी चलाउनु रहेको घाइतेले जानकारी दिए। मदिरा सेवन गरेर शिक्षकसँगसमेत झगडा गरेका चालकले चलाएको गाडीमा बस्नु नै ठूलो गल्ती भयो। यति धेरै विद्यार्थी तथा शिक्षकको मृत्युले चितवनलाई मात्रै होइन देशभरका संवेदनशील नागरिकलाई झकझक्यायो। विकसित मुलुकमा यस्ता दुर्घटनामाथि लामो बहस र अनुसन्धान गरिन्छ। एउटै गल्ती बर्षौका लागि पाठ बन्छ र त्यसबाट सबैले शिक्षा लिने गर्दछन्। दुर्भाग्य, हामीकहाँ त्यस्तो संस्कृतिको विकासै हुन सकेन। उल्लेखित घटना त एक उदाहरण मात्रै हो यस्ता दुर्घटना हामीकहाँ बर्षेनी हुने गरे पनि त्यसबाट कसैले पाठ सिकेको पाइदैन।
विद्यालयको गाडी चालक सामान्य चालक मात्र होइन । उसको व्यवहार र गाडी हकाइले पनि विद्यार्थीमा मानसिक प्रभाव पार्न सक्छ। तर यहाँ त स्कुलका गाडी चलाउनेले समेत बेतोडसँग हाँक्ने, अरुलाई पेल्दै गुडाउने र बीच बाटोमा गाडी रोकेर फोहर बोल्दै अरुलाई गाली गरेको पाइन्छ।काठमाडौमै चल्ने स्कुलका गाडीको बारेमा चर्चा गर्ने हो भने अधिकांशले जिम्मेवारीबोध गरेको पाइँदैन। विद्यालयको भौतिक संरचना राम्रो बनाउँदैमा र विदेशी स्तरको शिक्षा दिने व्यानर तथा टेलिभिज विज्ञापनले मात्रै विद्यालय सञ्चालनको दायित्त्व पूरा हुँदैन। विद्यालय सञ्चालनमा संलग्न र प्रयोग हुने सबै इकाइमा अनुशासन हुनु अनिवार्य हुन्छ। अझ विद्यार्थीको जीवनलाई एउटा स्टेरिङमा राखेर गाडी चलाउने चालक त झन् संयमी र सभ्य हुन जरुरी छ। विहान रिङरोड हुदै हात्तिवनसम्म पुग्दा धेरै विद्यालयका स्कुले नानी बोकेका थुप्रै गाडी देख्ने मौका पाउँछु। मैले काठमाडौंका सडकमा हिड्ने अधिकांश विद्यालयका गाडीका चालकले आफूलाई जिम्मेवार बनाएर गाडी चलाएको देखेको छैन। विद्यालयको गाडी चालक त सामान्य चालक होइन । उसको व्यवहार र गाडी हकाइले पनि विद्यार्थीमा मानसिक प्रभाव पार्न सक्छ। तर यहाँ त स्कुलका गाडी चलाउनेले समेत बेजोड हाँक्ने, अरुलाई पेल्दै गुडाउने र बीच बाटोमा गाडी रोकेर फोहर बोल्दै अरुलाई गाली गरेको पाइन्छ। विद्यालयको गाडी चलाउने चालक सभ्य र संयमी हुन जरुरी ठान्दैनन् विद्यालय खोलेर महगो शुल्क उठाउने सञ्चालकले पनि। वास्तवमा चालकको बोलीले साना नानीको मानसिकतामा गहिरो छाप पर्न सक्छ। नराम्रो बोली बालबालिकाले पनि सिक्न सक्छन् भन्नेमा विद्यालयका सञ्चालक वा शिक्षकसमेत सचेत छैनन्। स्कुलको गाडी चलाउने चालकलाई विद्यालयले विशेष तालिम नै दिनु जरुरी हुन्छ। विद्यार्थीलाई दिनुपर्ने माया र सीकाउनुपर्ने अनुशासन चालकले पिन दिन र सिकाउन सक्छन्। गाडीमा बस्दा एक अर्कालाई सहयोग गर्ने सानो बालकलाई ठूलाले प्राथमिकता दिने जस्ता कुरा चालकबाट बालबालिकाले सिक्न सक्छन्। तर चालकले गाडी विद्यार्थीको अगाडि लगेर चिच्याउँदै ´छिडो बस´ भनेर हप्काएको बाटोबाटोमा देखिन्छ। एक दिन म हात्तिवनको बाटो हुदै सातदोबाटोतिर गएँको थिए। विद्यार्थी बोकेको एउटा बसका चालकले अनियन्त्रित गतिमा ओरालोमा गाडी हुइँक्याउँदा मेरो मोटरसाइकललाई नै ढलाउन खोज्यो। गाडी हुत्तिएकाले भित्र रहेका विद्यार्थी चिच्याए। मैले गाडीको पछाडिपछाडि गएर ´कम्प्लेन´ गर्ने विचार गरे तर आफू नै गाडीको वेगले आत्तिएको थिएँ। त्यसैले बिस्तारै आफ्नै बाटो लागे। खासगरी सातदोबाटोबाट हात्तिवन जाने स्कुले गाडीले बेजोड हाँक्ने र अकस्मात ब्रेक लगाउने गरेको दिनहुँ जसो देखेको छु। यसरी विद्यार्थी बोक्ने गाडी अनियन्त्रितरुपमा चलाउँदा एकातिर ठूलो दुर्घटना हुन सक्छ भने अर्कोतिर विद्यार्थीको मानसिकतामा असर पर्नसक्छ। त्यसलाई विद्यालयका जिम्मेवार व्यक्तिले तुरुन्तै सच्याउनुपर्ने देखिन्छ। अर्को अनौठो के छ भने विद्यालयमा वातावरण सुधार गर्नुपर्छ, वातावरण बिगार्नमा सहरमा थोत्रा गाडीले फ्याक्ने धुँवा पनि प्रमुख कारक हो भनेर विद्यार्थीलाई अध्यापन गराइन्छ। तर आफ्नै विद्यालयको गाडी दशकौं चलेर थोत्रिएर धुँवा उडाउँदै तिनै विद्यार्थीलाई बोक्ने गर्दछ। जुन काम आफूले नै गरिंदैन त्यही विद्यार्थीलाई पढाउने यो कस्तो खालको शिक्षा हो? अभिभावकबाट थुप्रो रकम असुलेर आफू बस्ने भवन र कार्यालय राम्रो बनाउँदैमा विद्यालय राम्रो भइहाल्ने हो र? विद्यालय व्यवस्थित गर्न विद्यार्थीको वातावरण र उनीहरुसँग सम्बन्धित मानिसलाईसमेत सभ्य र संयमी बनाउन जरुरी हुन्छ। आफूले बोल्ने कुरा आफैंले पनि कार्यान्वयन गर्नुपर्छ। विदेशमा यस्ता विद्यालयका बालबालिका बोक्ने गाडीमा सिट बेल्टसमेत राखिएको हुन्छ। नेपालमा अझ भनौ काठमाडौंकै नाम चलेका निजी स्कुलका कति गाडीमा सिट बेल्टको व्यवस्था होला? यसका लागि अभिभावक पनि सचेत हुन जरुरी छ। साथै बाटोमा हिड्ने गाडीका लागि व्यवस्थापन गर्न उभिने ट्राफिक पनि दिनभर सडकमा उभिएर मात्रै पुग्दैन। ट्राफिक नियम उल्लङ्घन गर्ने र अनियन्त्रित गतिमा कुदाउने गाडीका चालकलाई तत्कालै कारबाही गर्ने हो भने पनि धेरै हदसम्म दुर्घटनाबाट जोगिन सकिन्छ। ट्राफिक प्रहरीले बिनाकाममा दुख दिने गरेको त पाइन्छ तर नियम मिच्नेलाई कडा कारबाही भएको देखिंदैन। त्यसैले पनि चालकले ट्राफिक प्रहरीकै अगाडि नियम उल्लङघन गरेर हिड्छन्। विद्यालयका गाडीका बारेमा अभिभावक र विद्यालयका सम्बन्धित सरोकारवालाले तत्कालै छलफल चलाउन जरुरी छ। त्यसैगरी ट्राफिक प्रहरीले पनि बाटोमा चल्ने गाडीलाई नियममा चलाउन कडा कदम उठाउनु पर्दछ। त्यसो भएमा सडक दुर्घटनामा कमी त हुन्छ नै बालबालिका पनि सुरक्षित हुनेछन्।

The writer has done his masters in Anthropology.

कार्यस्थलमा यौनदुराचार र त्यसको प्रभाव-From dainikee.com

अमृत भण्डारी
अमेरिकाकै इतिहासमा सबैभन्दा बढी चर्चित भयो – बिल क्लिन्टन र मोनिका लेबेन्स्कीको यौन सम्बन्ध। राष्ट्रपतिको कार्यालयमा नै मोनिकासँग यौन सम्वन्ध राखेको साबित भएपछि झन्डै उनीमाथि महाअभियोग लागेको। मोनिकासँगको यौन सम्बन्ध सुरुमा अस्वीकार गरे पनि पछि प्रमाण भेटिएपछि क्लिन्टनले क्षमायाचना गरे र महाभियोगबाट जोगिए। सन् १९९० को दशकमा अमेरिकामा यौनदुराचारविरुद्ध आन्दोलन नै थालिएको देखियो। यौनदुराचारका घटना अत्यधिक प्रकाशमा आएपछि त्यसका विरुद्ध कडा कानुन बनाउनु पर्ने भयो। सामाजिक वा साँस्कृतिक सबै क्षेत्रमा यौनदुराचार व्याप्त रहेको पाइयो। नेपालमा यौनदुराचारका विषयमा निकै कम अध्ययन भएको छ। अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) ले २००४ मा प्रकाशित गरेको नेपालमा कार्यस्थलमा यौनदुराचार–२ भन्ने प्रतिवेदनमा मिसेल रुबिन्सनलाई उद्धृत गर्दै लेखिएकोछ– “यौनदुराचार भनेको कुनै व्यक्तिद्वारा अनिच्छापूर्वक हुने यौन व्यवहार हो जसबाट प्रभावित व्यक्तिले आत्मग्लानि अनुभव गर्छ।” यसैगरी युरोपियन कमिसनको कोड अफ प्राक्टिसकाअनुसार कुन व्यवहार स्वीकार्य छ र कुन अस्वीकार्य छ भन्ने व्यक्ति आफैले निर्धारण गर्छ। यौनदुराचार व्यक्तिलाई मन नपर्ने व्यवहार हो। मित्रता सधै पारस्परिक हुन्छ भने यौनदुराचार बलजफ्ती हुने गर्दछ। कुनै महिला वा पुरुषलाई इच्छाविपरीत सुमसम्याउने, यौन उत्तेजनाका लागि पे्ररित गर्ने, बाटो छेक्ने, समात्न खोज्ने जस्ता कार्य यौनदुराचार हुन्। विश्वकै ठूलो समस्याका रूपमा देखा परेको यौनदुराचारबाट नेपाल पनि अछुतो छैन। नेपालको श्रमबजारमा महिला सहभागिता बढ्न थालेपछि कार्यक्षेत्रमा यौनदुराचारका घटना पनि बढ्न थालेका छन्। अन्तरराष्ट्रिय श्रम संगठनले नेपालका काठमाडौं, पोखरा, धरान, विराटनगर, वीरगन्ज र हेटौडामा गरेको अध्ययनले पनि यसको पुष्टि गरेको छ। पुरुष र महिलासँगसँगै काम गर्ने ठाउँमा यौन दुराचारको जोखिम सधैं हुन्छ। कार्यालयमा सामान्यतः निम्न प्रकारका यौनदुराचार हुने गरेको पाइन्छ। शारीरिक यौनदुराचार यसमा चुम्बन गर्ने, धाप मार्ने, , चिमोट्ने, कसैलाई यौनांगमा छुने जस्ता कार्य पर्दछन्। मौखिक यौनदुराचार कसैलाई मन नपर्ने वा व्यक्तिले नरुचाउने प्रकारका अश्लील ठट्टा मौखिक यौनदुराचार हो। व्यक्तिको शरीरका कुनै अंगलाई चर्चाको विषय बनाउने – जस्तै तिम्रो गाला कति राम्रो। तिमी यो कपडा लगाउँदा निकै सेक्सी देखिन्छौ। तिम्रो कपाल कति राम्रो यस्तैयस्तै। हावभाव (आसय) यौनदुराचार यौन कार्यमा लाग्न पे्ररित गर्ने खालको हावभाव देखाउने, आँखा झम्काइरहने, टाउकोले इसारा गरे झै गर्ने, हात छुने, खुट्टा तथा औला र अन्य यौन अंगमा छुने जस्ता कार्य हावभाव गरिने यौनदुराचार हुन्। लिखित यौनदुराचार नांगा अश्लील तस्बिरहरू देखाउने, त्यस्ता वेबसाइट खोल्ने, प्रदर्शन गर्ने वा अरूलाई पठाउने र यौनसम्बन्धका लागि आग्रह गर्ने। यौनदुराचार धेरै प्रकारका हुन सक्छन्। विकसित र विकाशील मुलुकमा हुने यौनदुराचार दुराचारको स्वरूप र अवधारणामा पनि फरक हुन्छ। धेरैजसो एकै ठाउँमा काम गर्ने हाकिम, सहकर्मी वा मातहतका बीचमा यौनदुराचारका घटना धेरै हुने गरेको पाइन्छ। क्वाइड प्रो क्वो ( प्रलोभन देआउनु) क्वाइड प्रो क्वो भन्नाले कुनै व्यक्तिलाई यौन शोषणका लागि धेरै तलबको आशा देखाउने, अनुचित लाभ दिने लोभ देखाउने र बढुवा गरिदिने आश्वासन दिने अदि बुझन्छ। यस्तो प्रकारको यौनदुराचारको व्यवहारले व्यक्तिको प्रतिष्ठा र क्षमतालाई चुनौती दिन्छ। कुनै कर्मचारीले हाकिमलाई यौनक्रियाद्वारा रिझाउन नमानेमा जागीरमा घटुवा गर्ने, काममा अवरोध गर्ने, अफठ्यारो बनाइदिने, अघिकारको कटौती गर्ने र उसलाई समर्पित गराउन नसकेमा जागीरबाट निकालिदिनेसम्मको व्यवहार गरिन्छ। साथै यौनदुराचारमा संलग्न नहुने वा त्यसका विरोध गर्ने कर्मचारीलाई कार्यालयमा बस्नै नसक्ने वातावरण बनाएर निरुत्साहित र निराश बनाउने पनि गरिन्छ। उसका सामु सधैका लागि कार्यालय नै छाड्नु पर्ने बाध्यता सिर्जना हुन्छ। कार्यस्थलमा भएका सबै यौन मिश्रित ठट्टालाई यौनदुराचार ठान्नु भने गलत हो। रमाइलोका लागि ठट्टा गर्दा अर्को व्यक्तिले मन परायो भने त्यसलाई यौनदुराचारको कोटीमा राखिंदैन। यस्तै पारस्परिक सहमतिमा भएको व्यवहारलाई यौनदुराचार मानिंदैन। नेपालमा धरै महिलाले यौनदुराचार सहनु परे पनि कसैलाई भन्ने वा कानुनी उपचार खोज्ने काम निकै कम हुने गरेको छ। वास्तवमा उनीहरुले आफ्ना अनिश्चित अघिकार, इज्जतमा दाग लाग्ने डर, त्रास र बदला लिने जोखिमबाट त्रसित भएर मुख नखोलेको अध्ययनहरूबाट देखिएको छ। यौनदुराचारको मामिलामा कानुनको सहायता लिंदा महिला र पुरुषको सामान्य सामाजिक सम्बन्ध र मित्रतालाई पनि आघात गर्न सक्दछ भन्ने सामान्य मान्यता पनि रहेको छ। धेरै जना त यौनदुराचारका मामिलामा हुने कानुनी कारबाहीले महिलालाई प्रोत्साहन गर्ने, उसका बारेमा सोधपुछ गर्ने, मित्रता बढाउने कार्यमा नै प्रतिकूल असर पुग्नसक्छ भन्ने ठान्छन्। तैपनि धेरै देशमा यौनदुराचार दण्डनीय अपराध बनाइएको छ र यौनदुराचारका मामिलामा शून्य सहिष्णुता अर्थात जिरो टलेरेन्स को अवस्था निर्माण गर्न खोजिएको हुन्छ। नेपाली समाजमा यौनका बारेमा छलफल गर्नु पनि लाज मानिन्छ। पढेलेखेकाहरू पनि यस विषयमा खुलेर कुरा गर्न हिचकिचाउँछन्। इथिक्स इन वर्कल्पेस, न्युयोर्क–१९९६ का अनुसार यौनदुराचारका बारेमा तिनवटा धारणालाई यसरी लिन सकिन्छ। महिलावादी धारणा यसमा महिला र पुरुषको शक्ति सम्बन्धलाई प्रतिविम्वित हुने मानिन्छ। साथै आर्थिक दवावको सृजना गर्ने र महिलाको जीविकोपार्जनलाई चुनौती दिने हुन्छ। महिलाको यौन भूमिकाले उसको रोजिरोटीको निर्धारण गर्दछ भन्ने मान्यता महिलावादीहरूको रहेको छ। साथै बलत्कारको जोखिम पनि उत्तिकै हुन्छ। कानुनी धारणा शोषणयुक्त, असन्तुलित शक्ति सम्वन्धलाई प्रतिबिम्वित गर्दछ। यसमा देखिने र नदेखिने दुवै रोजगारीको सर्त समावेश हुन्छ। रोजगारीको निर्णायक आधारकोरूपमा यौनदुराचारको प्रयोग हुन्छ। फाइदा नलिने वा सम्झौता गर्ने रोजाइ सिर्जना हुन्छ। व्यवस्थापकीय धारणा–पुरानो नराम्रा भनिएका कार्यमा व्यक्तिलाई समावेश गराउँछ। मानिसको लक्ष्यमा अन्योल सृजना गर्दछ। यो प्रेम सम्बन्ध बिग्रिएको परिणाम पनि हुन सक्दछ। कामका लागि साधारण व्यवहार तथा सर्तका रूपमा यौनदुराचारलाई लिइएको हुनसक्छ। दोष लागे प्रतिष्ठामा आँच पुग्न सक्छ। व्यवस्थापकिय धारणा–नयाँ यौन आकर्षण र शोषणका लागि अनुचित शक्तिको प्रयोग भएको हुनसक्छ। कार्यसम्पादनमा यौन भूमिकाले सुनिश्चितता दिने र महिलालाई यौनवस्तुका रूपमा व्यवहार गर्ने हुनसक्छ। जवरजस्ती शोषण, अनुचित र अव्यवहारिक पेसागत धन्दा भन्दा बाहिर जस्ता विषयलाई समेट्न सक्छ। अन्ततः यो एक निकृष्ट व्यवहार हो भन्ने मान्यता राखिन्छ। कार्यस्थलमा (अफिस, कार्यालय) यौनदुराचार यौनदुराचार व्यक्तिको सुरक्षित र निश्चिन्त भएर काम गर्ने अधिकारको उल्लंघन मानिन्छ। यस्तो अवस्थामा कामदारले आफूलाई यौनदुराचारबाट जोगिनुलाई चुनौती ठान्ने गर्दछन्। यो देखिने वा नदेखिने एक अनिच्छापूर्वक हुने यौन व्यवहार हो। आईएलओले नीति निर्माता, कानुनविद तथा नागरिक समाजका सदस्य बीचमा गरेको एक अध्ययनमा १७ दसमलव ६ प्रतिशत पुरुष र ३० दसमलव ८ प्रतिशत महिलाले यौनदुराचारले काम गर्ने स्थानमा तनाव र फोहर वातावरणको सृजना गर्दछ भन्ने बताएका छन्। यौनदुराचारले शारिरीक र मानसिकरुपमा महिलालाई पीडा दिन्छ। यो अस्वीकार्य यौन व्यवहार लज्जास्पद र ग्लानिपूर्ण हुन्छ। नेपालमा महिलाको विषयमा बढी चर्चा भएपनि यसबाट पुरुष पनि पीडित हुन सक्छन्। यौनदुराचारबाट विकासन्मोख देशका महिला बढी पीडित भएको पाइन्छ। तर त्यसको प्रचलन भने विकसित मुलुकमा पनि उत्तिकै व्यापक छ। हातको कुहिनाले महिलाको छातीमा छुने अनि झुक्किएर लागेको बहाना बनाउने, महिलाको छातीमा टोलाएर हेर्ने, पिठिउँमा धाप मार्ने, चुम्बन गर्न खोज्ने, हात मिलाएपछि पनि हात समाई राख्ने, अनावश्यक अंगालो हाल्ने, कपाल चलाइदिने, सुमसुमाउने जस्ता कार्य पनि यौनदुराचारका अभ्यासकारुपमा दिइन्छ। आईएलओको अध्ययनमा धेरै जसोको धारणामा कार्पेट उद्योगमा यस्तो दुराचार बढी हुने देखिएको छ भने त्यसपछि ४४ दशमलब ८ प्रतिशत निजी कार्यालयमा र ३३ दशमलब ३ प्रतिशत सरकारी कार्यालयमा यौनदुराचार हुने गरेको देखिएको छ। तह र मात्राको अन्तर मात्रै हो यस्तो खालको यौनदुराचार राष्ट्र संघदेखि अन्तराष्ट्रिय गैरसरकारी संस्थामा पनि हुने गरेको छ। ( नेपालको कार्यस्थलमा यौनदुराचार–२, पेज १७)। यौनदुराचार व्याप्त हुनुको कारणमा नीतिगतरूपमा यौनदुराचारलाई पहिचान गर्न नसक्नु, आर्थिक असमानता, अशिक्षा, व्यक्तिलाई पद र पैसाको मात लाग्नु आदि मानिएका छन्। यौनदुराचार रोक्नका लागि केही संयन्त्र पनि छन्। अन्तरराष्ट्रिय मानवअधिकारका संयन्त्र र घोषणाको विश्लेषण गर्ने, राष्ट्रिय नीति बनाउने, यसका बारेमा संविधानमा पनि उल्लेख गर्ने, नेपाली कानुन र यौनदुराचारको विश्लेषण र जवरजस्ती यौनसम्वन्धको विरुद्ध कानुन बनाउने, बलत्कारको विरुद्धमा कडा कानुन बनाउने, नियन्त्रणात्मक कानुन बनाउने, गुनासो सुन्ने संयन्त्र स्थापित गर्ने साथै सञ्चार माध्यमले पनि चनाखो भएर यौनदुराचारका विरुद्धमा आवाज उठाउने हो भने यसलाई कम गर्न सकिन्छ। होइन भने पीडित पीडितै रहनेछ र दुराचारीले आफ्नो शक्तिको आडमा शोषण गरी मौका पाउँनेछ।
abamritofficial@gmail.com
The writer is an Anthropologist.

हत्यारालाई कारबाही नै सच्चा श्रद्धाञ्जली-From dainikee.com




अमृत भण्डारी

गत पुष २१ गते कान्तिपुरको चौतारी कलममा “छुवाछुत प्रथा आफ्नै घरमा” भन्ने एक लेख छापियो। म समाजका यस्तै विषयमा बढी चाख लिने भएर होला उक्त शीर्षकमा मेरो आँखा परिहाल्यो र मैले उक्त लेख पढे। वास्तवमा लेख नेपाली समाजको प्रतिनिधित्व गर्न सक्षम थियो। लेखमा जातपात र छुवाछुतका विषयमा कुरा गर्ने समाजमा आफ्नै घरमा पनि छुवाछुत भएको उल्लेख गरिएको थियो। सिराहा चन्द्रलापुरकी गीतालाई जेठाजुसँग छुइँदा जेठाजु बुहारी दुबैलाई माघको जाडोमा पोखरीमा नुहाएर शरिर शुद्ध गर्न लगाइएको थियो। उनका जेठाजुले गीता बिरामी परेको समयमा घरमा कोही पनि नहुँदा गीतालाई पानी खान दिएका कारण समाजले यस्तो यातना दिएको थियो। उक्त लेखकी लेखिका उमा सिंह थिइन्। उमा सिंहको लेख पढेपछि मैले उनको लेखमा राखिएको इमेल पाएँ र उनको लेखका बारेमा टिप्णी गरेको थिए। साथै समाजको यस्तो अभ्यासलाई अलग तरिकाले प्रस्तुत गरेकोमा धन्यवाद पनि दिएको थिए। मैले उनलाई समाजका यस्ता घटनालाई अझ बढी प्राथमिकता दिनुपर्ने बताएको थिएँ। साथै म आफूले पनि उनीसँग केही उदाहरण मागेको थिएँ। सायद मेरो इमेल पढ्न नपाउदै उनको हत्या भएको छ। यस्ता विषयमा कलम उठाएर समाजलाई चुनौती दिने पत्रकार तिनै उमा थिइन जसको गत आइतवार निर्मम हत्या भएको छ। “त धेरै नै लेख्न जान्ने भइछस्” भन्दै अज्ञात हतियारधारीले उनको हत्या गरेको थियो। उनले अनमिनको एक कार्यक्रम अन्तर्वार्तामा कहिलेकाहिं समाचार भन्दाभन्दै पनि यो समाचार पढ यो नपढ भन्ने धम्की सुन्न बाध्य भएको बताएकी छन्। पटकपटक धेरै चुनौतीका बीचमा उनले आफ्नो पत्रकारीतालाई जनकपुरमा अगाडि बढाएको यसले पनि पुष्टि गरेको छ। यसका आधारमा पनि उनलाई पटकपटक कसले र किन धम्की दिइरहेका थिए भन्ने अध्ययन गर्न सजिलो बनेको छ। साथै त्यहाँका अन्य पत्रकारलाई पनि धम्की दिनेहरू को हुन् भनेर अनुसन्धान गर्न सजिलो हुनेछ। उनको हत्या लगत्तै धनुषाकी अर्की पत्रकार मनिका झालाई पनि ज्यान मार्ने धम्की दिएको बताइएको छ। उनलाई पटकपटक उनीहरुलाई धम्की दिइरहने गिरोहका बारेमा पक्कै पनि धेरै ज्ञान हुनुपर्छ। हत्यारालाई नसमातेसम्म मनिकालाई पनि राज्यले सुरक्षा दिनु जरुरी छ। उनका लागि पत्रकार महासंघले पनि सुरक्षाको माग गर्नुपर्छ। वास्तवमा यस्ता घटनाको पुनरावृत्ति भैरहनुको मुख्य कारण विगतमा भएका हत्यामा सङ्लग्न अपराधीलाई कानुनको कठघरामा उभ्याउन नसक्नु हो। साथै दण्डहीनताले प्रश्रय पाएका कारण पत्रकारविरुद्ध यस्ता घटना बढ्दै जान्छन्। वास्तवमा मोफसलमा काम गर्ने पत्रकारले कति जोखिम उठाउने गर्छन् भन्ने बारम्बार हुने हत्या र धम्कीले पुष्टि गरेको छ। समाजमा धेरै विकृति तथा अपराध बढेको अवस्थामा निर्धक्क पत्रकारिता गर्ने पत्रकार कुनै ठाउँमा सुरक्षित छैन। अझ मोफसलमा त पत्रकारको अवस्था झन दयनीय छ। एउटा समाचार लेखेर सय पचास कमा होला तर त्यही समाचारले ज्यान पनि लिन सक्छ। यस्तो अवस्थामा पनि पत्रकारिता गर्ने पत्रकारको सुरक्षा राज्यले गर्न खोजेको देखिंदैन। सरकार चलाउनेले पत्रकारलाई आफ्नो स्वार्थमा बाधा पुग्ने देख्ने गरेकाले नै यसो भएको हुनुपर्छ।
उमाको हत्याले अन्य पत्रकारमा डर जन्माउन सक्छ र समाजका विकृतिको विरुद्धमा आवाज कम हुन सक्छ। तसर्थ उनका हत्यारालाई सरकारले कानुनको कठघरामा नल्याउँदासम्म पत्रकार महासंधले विरोधको आवाज कम गर्नु हुदैन।
सरकार अपराधीलाई कारवाहL गर्न अक्षम छ भने राजिनामा दिन सक्नुपर्दछ। होइन भने देसको चौथो अंगको हत्या तथा धम्कीलाई निस्तेज गर्नुपर्दछ। साथै यस घटनाबाट पत्रकारहरू निरुत्साहित हुने हो भने यस्ता घटनाले अझ प्रश्रय पाउँनेछन् र देशमा अझ बढी दण्डहीनताको स्थिति सिर्जना हुनसक्छ। तसर्थ विकृतिको विरुद्धमा कलम चलाउन छाड्नु हुदैन। प्राय: जसो जिल्लामा काम गर्ने पत्रकार त्यहाँका धेरै जनसाधारणका प्यारा हुन्छन् भने जो भष्ट्राचार, दुराचारमा संलग्न भएकाको आँखाको कसिंगर। अन्याय वा सामाजिक विकृतिका विरुद्धमा कलम चलाउने पत्रकारलाई नागरिक समाज तथा जनसाधारणले पनि सहयोग पुर्‍याउनु जरुरी हुन्छ। उसको पेसागत हितका लागि आवाज उठाउनु पर्छ। उमाले आफ्नो लेखमा लेखेकी थिइन् –“समाजमा जातीय आधारमा हुने छुवाछूतबारे त सडकदेखि संसदसम्म मुद्धा उठ्छ। तर परिवारभित्र हुने छुवाछूत उन्मूलनका लागि अहिलेसम्म कसैले मुद्दा उठाएको खासै देखिदैन। जस्तो कि बोलीचालीमा भाइबुहारीले सम्बोधन गर्दा जेठाजुलाई दाजु नै भन्ने गरे पनि उनीहरुबीचको नाता त्यति सहज देखिएको छैन। लोग्नेको दाजु स्वास्नीको पनि दाजु नै हुन्छ तर दाजुसँग बोल्न नमिल्ने, उसको अगाडि घुम्टो काडर तथा मुख छोपेर हिड्नु पर्ने, जेठाजुले प्रयोग गर्ने खाट, कुर्ची तथा लत्ताकपडालगायतका अन्य समान बुहरीले छुन नपाउने परम्परा मधेसी समाजमा पर्याप्त छ।” उनको लेखले समाजको निकै मार्मिक विषयलाई उढाएको छ। उमा नेपाली पत्रकारिताकी एक सहिद हुन् जसलाई म सलाम गर्न चाहन्छु। उनले बारम्बारको धम्कीबीच पनि जनकपुर छाडिनन् र विकृतिकाविरुद्धमा कलम र आवाज नरोकी मृत्युवरण गरीन्। उनी पेसाप्रति इमानदार नभएकी भए सायद धम्कीलाई बेचेरै राजधानी आउँथिन होला। उनको मृत्युले नेपालले एक होनहार र निडर पत्रकार गुमाएको छ। उनको हत्यारालाई कानुनबमोजिम सजाय दिलाउन सक्नु नै उनी प्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ। होइन भने मारिने पत्रकारको तथ्यांक संकलन गर्ने र रिपोर्ट बनाउँने अनि मारिदै जाने शृङ्खला बढ्दै जानेछ। र, उमाप्रतिको कर्तव्य पूरा हुने छैन। उमाको हत्या अब पत्रकारको अन्तिम हत्या होस्।


The writer is Anthropologist.




Tuesday, January 13, 2009

A profession in Jeopardy


After his 20 years of professional stay in India, Krishna Bahadur Biswokarma* has been residing in his own village since last year. The profession of constructing agricultural equipments, handed over from his forefathers is continued by him at present. That’s why it is his daily routine to spend his time on the anvil from dawn to the eve. Though they embraced this profession, they are selective in terms of constructing the equipments i.e. they do it for only some stakeholders. The persons, for whom the "Bishwokarmas" work, are known as the "Bistas". After the completion of a professional year, the "Bistas" remunerate agricultural production to the "Bishwokarmas" commensurable to their annual service. The Bishwokarmas are categorized as the "Dalits" by the state.

The Bishwokarmas of Wangla VDC, Arghakhanchi district entirely represent a majority of Nepali districts. "During my grandfather's professional years approximately 300 "Bistas" used to take service from him", says Krishna Bahadur Bishwokarma from Wangla VDC, Adityapur village. But the distant "Bistas" have been minimized after the widely available service on the every nook and corner of the villages. After the alternation of the agricultural profession by the locals, the constructional profession has been in dire state. "I have only 25 "Bistas" decreased from the 300 during my grandfather's time", says the disappointed Krishna. The decreasing numbers of "Bistas" is because of the decreased in agricultural productivity which is ultimately a threat to the Bishwokarma's profession in Aran. The remuneration in the form of agricultural production is nominal for the Bishwokarmas. As a result, they have applied alternate source for their survival.

Krishna, the follower of his forefather's profession (the constructional work in Aran
*), has undertaken this profession after the insufficiency for his survival from the income of Indian employment, is now disappointed, as his present profession is in jeopardy. Because of the implacable agricultural production the farmers changed their occupation. Similarly, majority of the youth applied the foreign employment especially in gulf countries and the rest who are educated started teaching and these all reasons resulted peril for not only Krishna's profession but the whole Bishwokarmas community is in dilemma for preserving their endangered conventional profession.

In Wangla VDC, at present, the increased population of Bishwokarma has become the ultimate cause to establish the representative Arans of 200 years old historical Aran in the newly residential places like Saldada, Siudeni, Amdada, Deuralidada, the local villages in the same VDC. As a result, the "Bistas" have to be shared among different Bishwokarmas which is the sole cause for decreasing consumers. In addition, the Arans in majority are just the temporary huts which have been disturbed by the rainfall even in the winter season and there is no room for the continuation in rainy season. Apart form this, the depleting condition of bellow has dispersed Krishna and thus he says," if the limited numbers of his Bistas cooperate, I continue my Aran's constructional service, and otherwise this profession would become a fable".

In this Aran of Bishwokarma mainly the following agricultural instruments are constructed and reformed: -Khurpa (a big sickle)
-Hansiya (a small sickle)
- Phali (an iron instrument fixed at the top of the plough)
-Bancharo (an axe)
-Kodalo (a spade)
-Dau (a big knife)
-Syangi (a small knife)
-Pharuwa (a shovel)
-Gal (an iron bar sharpened at one end used to dig a dip or breaking big rocks)
-Gaiti (a pickaxe)
-Baisakhi (an instrument used to make hole for fixing the supporter for vines)
The above mentioned instruments are indispensable instruments for agricultural profession in village. An old woman of eight years Masuri Bishwokarma who gained five decades experience in this sector narrates," in the time of my husband we used to earn abundant for our servivial. Bistas also used to give enough grains. Production rate was also very high. On the contrary, at present the Bistas hesitate to give food grains. In fact, they also lack production enough for their survival. In this context, we also find helpless to ask more". From her instance, we can infer that this occupation of Bishwokarma, constructing agricultural equipments in now in danger.

The desperation seen among the 80% agricultural population has made us dependant towards the foreign countries for food. The whole agricultural profession in the country is now facing grim situation because of conventional agriculture and lack of government security. Even in the case of remote village in hilly region, if the government does not modernize the agriculture by interfering it, the whole agriculture in this region will certainly be disappeared and one can not save from its bad impact in all walks of society. In present context because of the insecure agriculture food crisis has been started influencing the whole world and Nepali cities are not separated from it. It is the point embarrassing fact that in such situation of global food crisis the agricultural country like Nepal is also influenced from it instead, she should be exporting agricultural production and earning foreign currency. So it is the high time for government to modernize agriculture, provide security to it and to motivate the farmers by making good strategy.

* Bishwokarma is the Nepali equivalent of the English word goldsmith.
* Aran is the Nepali version of the English word anvil.
The writer has done his Masters in Anthropology.

Joy of Books






As I walked through the village of Peepaltar in the Nuwakot, I came across a wooden walled tin roof structure with the word "library" scribbled on the wall. I came to know from the locals that it was in fact a library built in the initiation of Heifer’s Self-Help Groups, Jalpa and Bhoomisthan Mahila Smuha (Women’s Group) for Fulbari Bal Samuha (Children’s Group). I looked at the walls of this building that were the pride and joy of the people who built them. With a heavy heart, I returned home with a desire to do my best to help.
Month’s later, two high school students from Kathmandu visited the village for an educational tour. With the money given by their father as a birthday gift, they bought books worth USD 36 for the library. My will to do something was strengthened even further.
I had just finished reading John Wood’s, “Leaving Microsoft to Change the World.” His emotional journey in the book was so similar to what I went through at Peepaltar that I could not resist the temptation to gather my thoughts and write to him. The e-mail address at the end of the book coaxed me to give into my temptation. I jotted a range of emotions similar to his and sent him an e-mail. A reply from John was not expected. But it was hoped for. So the disappointment of having nothing in my inbox the next day was buffered by the realization that it would be impossible for him to answer everyone who wrote to him about the book. However, the next day an e-mail from John made my day. Within the couple of e-mails that we exchanged in a few days, I managed to tell him about the library in Peepaltar and my determination to help them.
John Wood is the founder of “Room to Read,” an organization that is dedicated to providing education to children deprived of it by setting up libraries. Call it coincident or fate, but our goals were the same. I contacted the director for Nepal and arranged to materialize our visions. With around 500 english and nepali books under my supervision, I headed for Peepaltar with a content heart and a mission fulfilled.
Amrit Bhandari
Kathmandu, Nepal
Mobile:-00977-9841369872