Pages

Wednesday, March 25, 2009

चाडै आउ फकाउँ न


काला तिम्रा ठूला आँखा हेर्दै मलाइ नजाउँ न ।
सितल तिम्रो सुवास फेरि मैरै अघि नछाउँ न ।
सक्छौ भने आजै मेरो आत्मा भित्र आइ बस ।
पंश्न गर्छ आफ्नै मन सक्या छैन दिन जस ।
मुस्किल पर्यो भन्नै आज दिन गन्दै गए ।
संसार छेउमा हुदा पनि सधै एक्लो भए ।
तिमी आउ, तिमी बस धडकन सधै नबढाउँ न ।
काला तिम्रा ठूला आँखा हेर्दै मलाइ नजाउँ न ।
तिम्लाइ थाहा छ मेरो पीडा कति सक्छयौ सताउँ न ।
छिट्टै आउ मेरी प्यारी मेरो मनलाइ फकाउँ न ।
तिम्रै छेउ आइ बसे ओठ त्यसै थरथरायो ।
भन्छु भन्ने शब्द त्यसै घाटी भित्रै धरमरायो ।
केहि छिनमा तिमी हिड्यौ मनमै रहे मनका कुरा ।
आज फेरि तिम्रै यादमा मायापिर्ति जुरमुरायो ।
काला तिम्रा ठूला आँखा हेर्दै मलाइ नजाउँ न ।
पीडा भयो साह्रै आज चाडै आउ फकाउँ न ।