Pages

Thursday, September 3, 2009

झ्याम्म झ्याम्म पानी पर्यो मन यसै अतासीयो ।

झ्याम्म झ्याम्म पानी पर्यो मन यसै अतासीयो ।
डाँडामाथि चौतारीमा पीपल त्यसै बतासीयो ।।
दुरसम्म मेरा आँखा तिमीलाइ नै हेरिरहे ।
पलपल गोधुलिले प्रर्कितिलाइ चुमीरहयो ।।
आकाशमा कालो बादल मडारीदै घुमीरहयो ।
मेरो मन पानीसँगै भिजीभिजी झुमीरहयो ।।

आशा मेरो तिमी आउँने डाँडामाथि आकाशियो ।
पर्खिएन मधान्यले चौतारीमा बसिरहे ।।
अन्धकारले मलाइ घेर्यो रातभरी फसीरहे ।
मेरो मन पानीसँगै भिजीभिजी झुमीरहयो ।।
आशा मेरो तिमी आउँने अझ गाढा आकाशियो ।।
झ्याम्म झ्याम्म पानी पर्यो मन यसै अतासीयो ।
डाँडामाथि चौतारीमा पीपल त्यसै बतासीयो ।।

तिम्रो प्रितका प्यालाहरु मेरो मनलाइ डसीरहे ।
अन्धकारले मलाइ घेर्यो रातभरी फसीरहे ।।
छपछप छपछप तिमी आयौ पाइतालाको आवाज सुने ।
अन्धकारमै तिमीसँगै प्रिती साट्ने आशा बुने ।।
सुवास छर्यौ टाढाबाटै मेरो मनलाइ मात लाग्यो ।
अन्धकारको अत्यास त तिम्लाइ देखी टाढा भाग्यो ।।
झ्याम्म झ्याम्म पानी पर्यो मन यसै अतासीयो ।
डाँडामाथि चौतारीमा पीपल त्यसै बतासीयो ।।

अग्गालोमा तिमीलाइ राखे मायाप्रिती आकाशियो ।
पलपल गोधुलिले प्रर्कितिलाइ चुमीरहयो ।।

No comments: