Pages

Monday, June 1, 2009

यति ठूलो भिड माझ तिमीलाइ नै रोजेको छु ।


यति ठूलो भिड माझ तिमीलाइ नै रोजेको छु ।
एउटा नयाँ जीवनभित्र तिम्रो साथ खोजेको छु ।
यता हेरे उता हेरे कताकता हेरिरहे ।
भिड बीचमा हरायौ कि आफ्नै मनलाइ सोधेको छु ।
आँखा जुध्दा मनभित्र काउकुति नै लाग्न थाल्यो ।
त्यहि मनले बारम्बार तिम्रो तस्वीर खिचेको छु ।


यति ठूलो भिड माझ तिमीलाइ नै रोजेको छु ।
एउटा नयाँ जीवनभित्र तिम्रो साथ खोजेको छु ।

मैले हेर्दा तिम्रा आँखा लजाएर टोलाए की ।
सुन्नु पर्ने तिम्रै मनले मेरो मनले बोलायो की ।
ढुकढुकिको बेगले आज मनभित्र भुकम्प गो ।
दुबै मनमा यस्तै भयो आँखा जुध्नु बेकार भो ।

यति ठूलो भिड माझ तिमीलाइ नै रोजेको छु ।
एउटा नयाँ जीवनभित्र तिम्रो साथ खोजेको छु ।

रात बित्यो बिहान भयो तिम्रो झल्को मेटिएन ।
बिर्सु भन्छु तिमीलाइ अर्को कुनै भेटिएन ।
मेरो मनको तरङ्गलाइ सारङ्गीले रेटिएन ।
गाह्रो भयो द्धन्द बढ्यो मेरो मनमन भित्र ।
अझ पनि तिम्रो आशा मन भित्र सकिएन ।
यति ठूलो भिड माझ तिमीलाइ नै रोजेको छु ।
एउटा नयाँ जीवनभित्र तिम्रो साथ खोजेको छु ।

दिन सक्छौ चोखो माया मेरो दिलमा आइ बस ।
बल्ल चाख्न पाउने थियौ मेरो दिलको मिठो रस ।
दिन बित्यो रात आयो तिम्रो झल्को मेटिएन ।
तिम्लाइ लिन आउँछु भन्छु बाटो कुनै भेटिएन ।

यति ठूलो भिड माझ तिमीलाइ नै रोजेको छु ।
एउटा नयाँ जीवनभित्र तिम्रो साथ खोजेको छु ।

तिम्लाइ लिन आउँने अब नयाँ बाटो खोजेको छु ।
भिड बीचमा हरायौ कि आफ्नै मनलाइ सोधेको छु ।

No comments: