अमृत भण्डारी
गत पुष २१ गते कान्तिपुरको चौतारी कलममा “छुवाछुत प्रथा आफ्नै घरमा” भन्ने एक लेख छापियो। म समाजका यस्तै विषयमा बढी चाख लिने भएर होला उक्त शीर्षकमा मेरो आँखा परिहाल्यो र मैले उक्त लेख पढे। वास्तवमा लेख नेपाली समाजको प्रतिनिधित्व गर्न सक्षम थियो। लेखमा जातपात र छुवाछुतका विषयमा कुरा गर्ने समाजमा आफ्नै घरमा पनि छुवाछुत भएको उल्लेख गरिएको थियो। सिराहा चन्द्रलापुरकी गीतालाई जेठाजुसँग छुइँदा जेठाजु बुहारी दुबैलाई माघको जाडोमा पोखरीमा नुहाएर शरिर शुद्ध गर्न लगाइएको थियो। उनका जेठाजुले गीता बिरामी परेको समयमा घरमा कोही पनि नहुँदा गीतालाई पानी खान दिएका कारण समाजले यस्तो यातना दिएको थियो। उक्त लेखकी लेखिका उमा सिंह थिइन्। उमा सिंहको लेख पढेपछि मैले उनको लेखमा राखिएको इमेल पाएँ र उनको लेखका बारेमा टिप्णी गरेको थिए। साथै समाजको यस्तो अभ्यासलाई अलग तरिकाले प्रस्तुत गरेकोमा धन्यवाद पनि दिएको थिए। मैले उनलाई समाजका यस्ता घटनालाई अझ बढी प्राथमिकता दिनुपर्ने बताएको थिएँ। साथै म आफूले पनि उनीसँग केही उदाहरण मागेको थिएँ। सायद मेरो इमेल पढ्न नपाउदै उनको हत्या भएको छ। यस्ता विषयमा कलम उठाएर समाजलाई चुनौती दिने पत्रकार तिनै उमा थिइन जसको गत आइतवार निर्मम हत्या भएको छ। “त धेरै नै लेख्न जान्ने भइछस्” भन्दै अज्ञात हतियारधारीले उनको हत्या गरेको थियो। उनले अनमिनको एक कार्यक्रम अन्तर्वार्तामा कहिलेकाहिं समाचार भन्दाभन्दै पनि यो समाचार पढ यो नपढ भन्ने धम्की सुन्न बाध्य भएको बताएकी छन्। पटकपटक धेरै चुनौतीका बीचमा उनले आफ्नो पत्रकारीतालाई जनकपुरमा अगाडि बढाएको यसले पनि पुष्टि गरेको छ। यसका आधारमा पनि उनलाई पटकपटक कसले र किन धम्की दिइरहेका थिए भन्ने अध्ययन गर्न सजिलो बनेको छ। साथै त्यहाँका अन्य पत्रकारलाई पनि धम्की दिनेहरू को हुन् भनेर अनुसन्धान गर्न सजिलो हुनेछ। उनको हत्या लगत्तै धनुषाकी अर्की पत्रकार मनिका झालाई पनि ज्यान मार्ने धम्की दिएको बताइएको छ। उनलाई पटकपटक उनीहरुलाई धम्की दिइरहने गिरोहका बारेमा पक्कै पनि धेरै ज्ञान हुनुपर्छ। हत्यारालाई नसमातेसम्म मनिकालाई पनि राज्यले सुरक्षा दिनु जरुरी छ। उनका लागि पत्रकार महासंघले पनि सुरक्षाको माग गर्नुपर्छ। वास्तवमा यस्ता घटनाको पुनरावृत्ति भैरहनुको मुख्य कारण विगतमा भएका हत्यामा सङ्लग्न अपराधीलाई कानुनको कठघरामा उभ्याउन नसक्नु हो। साथै दण्डहीनताले प्रश्रय पाएका कारण पत्रकारविरुद्ध यस्ता घटना बढ्दै जान्छन्। वास्तवमा मोफसलमा काम गर्ने पत्रकारले कति जोखिम उठाउने गर्छन् भन्ने बारम्बार हुने हत्या र धम्कीले पुष्टि गरेको छ। समाजमा धेरै विकृति तथा अपराध बढेको अवस्थामा निर्धक्क पत्रकारिता गर्ने पत्रकार कुनै ठाउँमा सुरक्षित छैन। अझ मोफसलमा त पत्रकारको अवस्था झन दयनीय छ। एउटा समाचार लेखेर सय पचास कमा होला तर त्यही समाचारले ज्यान पनि लिन सक्छ। यस्तो अवस्थामा पनि पत्रकारिता गर्ने पत्रकारको सुरक्षा राज्यले गर्न खोजेको देखिंदैन। सरकार चलाउनेले पत्रकारलाई आफ्नो स्वार्थमा बाधा पुग्ने देख्ने गरेकाले नै यसो भएको हुनुपर्छ।
उमाको हत्याले अन्य पत्रकारमा डर जन्माउन सक्छ र समाजका विकृतिको विरुद्धमा आवाज कम हुन सक्छ। तसर्थ उनका हत्यारालाई सरकारले कानुनको कठघरामा नल्याउँदासम्म पत्रकार महासंधले विरोधको आवाज कम गर्नु हुदैन।
सरकार अपराधीलाई कारवाहL गर्न अक्षम छ भने राजिनामा दिन सक्नुपर्दछ। होइन भने देसको चौथो अंगको हत्या तथा धम्कीलाई निस्तेज गर्नुपर्दछ। साथै यस घटनाबाट पत्रकारहरू निरुत्साहित हुने हो भने यस्ता घटनाले अझ प्रश्रय पाउँनेछन् र देशमा अझ बढी दण्डहीनताको स्थिति सिर्जना हुनसक्छ। तसर्थ विकृतिको विरुद्धमा कलम चलाउन छाड्नु हुदैन। प्राय: जसो जिल्लामा काम गर्ने पत्रकार त्यहाँका धेरै जनसाधारणका प्यारा हुन्छन् भने जो भष्ट्राचार, दुराचारमा संलग्न भएकाको आँखाको कसिंगर। अन्याय वा सामाजिक विकृतिका विरुद्धमा कलम चलाउने पत्रकारलाई नागरिक समाज तथा जनसाधारणले पनि सहयोग पुर्याउनु जरुरी हुन्छ। उसको पेसागत हितका लागि आवाज उठाउनु पर्छ। उमाले आफ्नो लेखमा लेखेकी थिइन् –“समाजमा जातीय आधारमा हुने छुवाछूतबारे त सडकदेखि संसदसम्म मुद्धा उठ्छ। तर परिवारभित्र हुने छुवाछूत उन्मूलनका लागि अहिलेसम्म कसैले मुद्दा उठाएको खासै देखिदैन। जस्तो कि बोलीचालीमा भाइबुहारीले सम्बोधन गर्दा जेठाजुलाई दाजु नै भन्ने गरे पनि उनीहरुबीचको नाता त्यति सहज देखिएको छैन। लोग्नेको दाजु स्वास्नीको पनि दाजु नै हुन्छ तर दाजुसँग बोल्न नमिल्ने, उसको अगाडि घुम्टो काडर तथा मुख छोपेर हिड्नु पर्ने, जेठाजुले प्रयोग गर्ने खाट, कुर्ची तथा लत्ताकपडालगायतका अन्य समान बुहरीले छुन नपाउने परम्परा मधेसी समाजमा पर्याप्त छ।” उनको लेखले समाजको निकै मार्मिक विषयलाई उढाएको छ। उमा नेपाली पत्रकारिताकी एक सहिद हुन् जसलाई म सलाम गर्न चाहन्छु। उनले बारम्बारको धम्कीबीच पनि जनकपुर छाडिनन् र विकृतिकाविरुद्धमा कलम र आवाज नरोकी मृत्युवरण गरीन्। उनी पेसाप्रति इमानदार नभएकी भए सायद धम्कीलाई बेचेरै राजधानी आउँथिन होला। उनको मृत्युले नेपालले एक होनहार र निडर पत्रकार गुमाएको छ। उनको हत्यारालाई कानुनबमोजिम सजाय दिलाउन सक्नु नै उनी प्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ। होइन भने मारिने पत्रकारको तथ्यांक संकलन गर्ने र रिपोर्ट बनाउँने अनि मारिदै जाने शृङ्खला बढ्दै जानेछ। र, उमाप्रतिको कर्तव्य पूरा हुने छैन। उमाको हत्या अब पत्रकारको अन्तिम हत्या होस्।

The writer is Anthropologist.
No comments:
Post a Comment