देसले हारेको बेला
§ अमृत भण्डारी
मेरा बुढामावली हजुरबुवा धुव्र भट्टराइको २ वर्ष अगाडि ७१
वर्षको उमेरमा निधन भयो । काम र पढाइका सिलसिलामा सानैदेखि जन्मथलो अर्घाखाँची
वाङ्गला छाडेपनि उहाँको गाउँप्रतिको मोह मृत्यु हुने समयसम्म कायमै रह्रयो । जागिरे
जीवनबाट अवकास पाएपछि जन्म गाउँमा फर्कन लागि भत्कन लागेको घरलाइ जीर्णोध्दार
गर्ने प्रक्रियामा मै उहाँको देहवसान भएको थियो । दुखलाग्दो कुरा । तर, अझसम्म सम्झन्छु उहाँले
अस्पतालको शैयाबाट भनेका कुरा । उहाँको चाहना थियो वर्षौदेखि बाझो रहेको जरीखोलाको
खेतलाइ पुनर्जीवन दिने । धान फलाउने, तरकारी फलाउने, बेच्ने । त्यसबाट आम्दानी लिने । सामुहिक रुपमा काम गर्ने र
आम्दानी पनि वाँडफाँड गर्ने । "किन होला हाम्रा गाउँका पनि युवा विदेसिन थालेको ? सबैका खेत बाझिए रे गाउँमा," उहाँ सधै चिन्ता
लिने गर्नुहुन्थ्यो ।
खेत बाझो रहने कुरा
अर्घाखाँची वाङ्गलाको एक परिवारमा मात्र सिमित रहेन अहिले आएर । अधिकांस नेपाली
कृषकले खेतबारी बझाउदै छन् । विदेसिएका छोराछोरीले पठाएको पैसाले सबै चिज किनेर
खान थाले । विडम्वना, कतिसम्म भने गाउँघरमा कसैको मरि परेमा मलामी जानका लागि पनि
युवा छैनन् । गाह्रो छ अनि सास्तिले वित्न थालेका छन बुढेसकालका समयहरु ।
उता वर्षौदेखि गाउँभरिका
कपडा सिलाएर जीविकोपार्जन गर्ने साहिली भाउजुको जीवन उस्तै वेथाले भरिएका छन् ।
कुनै परिवर्तन आएन उनको जीवनमा । उनका श्रीमान सिलाइ बुनाइ गर्दा गर्दै वर्षौ
अगाडि संसारबाट विदा भए । उनले सुख भन्ने केहो बुझ्नै पाएनन् । गाउँभरि डोका बुनेर
गर्जो टार्ने माइला टोमटाको जीवन पनि कम सास्तिले भरिएको छैन । सधै वराजु र हजुर
भन्दै ठूलावडाले दिएको खाएरै जीवनको अस्ताउने उमेरमा पुगेका छन उनी पनि ।
मिडियामा समाचार आइरहन्छन, लोडसेडिङ्को नयाँ तालिका
बनेका, कर्णालीका स्वास्थ चौकिमा सिटामोल नपाइएका, एक किलो नुनको झण्डै सय रुपैयाँ परेका । दैनिक
हजारौ युवा कामको सिलसिलामा खाडि मुलुकमा भासिएका । खाडिबाट दैनिकजसो लास नेपालको
विमानस्थलमा आएका । यस्ता दुख र अभावका समाचारको लिस्ट बनाउने हो भने रामायण नै
बन्नेछ ।
भन्न र सुन्न पनि लाजमर्दो
छ । जहाँ एक सेकेण्ड पनि कति मूल्यवान छ विकासका काम गर्नका लागि त्यहि देसका
राजनितिक पाटिका नेता महिनौ कसले संविधानसभाको बैठक बोलाउने भनेर आलिसान होटलमा
कुखुराका खुट्टा चपाउदै असहमतिमा सहमति गर्नै सहमति भएको गर्जन गर्दै हिड्छन् ।
वाह क्या वात । जति खाए पनि आफ्नो जादैन के मतलब । अति भयो अब । राजनिति पाटि र
नेताले देखाएको चरम गैरजिम्मेवारीले अब पराकाष्ठा नाधिसकेको छ । जनताको धैर्यको
बाध फुटिसक्नु पर्ने हो तर अझपनि कसरी सहेर बसेका छन् । धन्य छन नेपाली जनता । ६
वर्षसम्मको नालायकिपन देखेपछि पनि पुन आशाका साथ राजनितिक पाटिलाइ भोट दिएका
जनतालाइ राजनितिक पाटिले कति मानमर्दन गर्दैछन अहिले त्यो भनि राख्नु पर्दैन ।
नेपालीलाइ कहाँ फुर्सद छ
अहिले राजनितिक सहमतिका लागि हप्तौ, महिनौ, वर्षौ अनि दशकौसम्म पर्खिएर बस्ने ? कहिले बनाउने हो दुर्गममा
अस्पताल र दैनिक स्वास्थउपचार नपाएर मर्ने जनसङ्ख्यालाइ बचाउने हो ? कहिले बनाउने हो कर्णालीमा
बाटो र १५ रुपैयाँ किलो नुनको भाउलाइ सयबाट १५ रुपैयाँमा बेच्ने अवस्था ल्याउने ? कहिले खानेपानीको स्वास्थ
सुविधाको बाटोघाटोका पूर्वाधार बन्ने हुन ? कहिले सुधार्ने हो विग्रीसकेको कृषिप्रणालीलाइ ? कहिले गाउँमै सबै विकासका
पूर्वाधार बनाएर गाउँलाइ आत्मनिर्भर बनाउने हो र विदेसिएका नेपालीलाइ देसमै
फर्काउने हो ? कहिले बन्द गर्ने हो त्रिभुवन विमानस्थलमा लासका कोफिन आउनका लागि ? कहिले गर्ने हो काठमाडौमा
खानेपानीको व्यवस्था ? कहिले गर्ने हो शहरीकरणको व्यवस्थापन ? कहिले गर्ने हो नेपालमा
अत्यधिक कफिलगायतका खाध्यान्नको उत्पादन र कहिले पुर्याउने हो अन्तररार्ष्टिय
बजारमा र विदसि मुद्रा आर्जन गर्ने हो ? कहिले हुने हो सामाजिक न्यायको विकास ?
माथि दिइएका काम त केही
मात्र प्रतिनिधि सूची मात्र हुन । गर्नुपर्ने कामको सूची बनायो भने नेपालकै भूगोल
ढाक्ने कागजले पनि नपुग्ने भैसकेको छ । अनि कहाँ फूर्सद छ हामीलाइ कसले संविधान
सभाको बैठक बोलाउने भनेर महिनौ विवाद गरिराख्ने । जनतालाइ संधियता भए के ? राजा भए के ? जनतन्त्र भए के ? लोकतन्त्र वा प्रजातन्त्र
भए के ? समय र विश्व परिस्थिति अनुकूलको सबै नेपालीले बुझ्ने सासन व्यवस्था भए पुग्छ
हामीलाइ । हाम्रो व्यवस्था मात्र विकास हो जहाँ सबै नेपालीले आफू नेपाली भएको गौरव
गर्न सक्ने हुन । दुइ छाक खान र ढुक्कसँग जीवनयापन गर्न पाउन् । छोराछोरीले
राम्रोसँग पढ्न पाउन् । अनुहारमा सबैको खुसी होस । राज्यले नागरिकका अधिकारको
सुनिश्चित गरोस ।
के हामी युवा यति धरै
समस्याका अगाडि धैर्य राखेर बस्न सक्छौ ? अझ पनि संयम मात्र अपनाएर टुलुटुलु हेरि मात्र
राख्ने हो त ? के हाम्रा सन्तानले पनि यसैगरि नेपालको गरिवीका तथ्याङ्कलाइ अध्ययन गर्दै जाने
हुन त ? के गरिवीको दुस्चर्कलाइ अझै बढाउदै जाने हो त ? कति धैर्य लिन सक्छौ नेपाली युवाहरु ? के गाउँगाउँबाट उठ्ने वेला
भएन अब ? कति कुम्भकर्णको तालमा सुत्ने हो ? होइन भने के हामी परिवर्तनका लागि तयार छौ ? के नेपाली युवामा देस
परिवर्तन गर्नका लागि एक पटक फेरि जोखिम उठाउने क्षमता छ ? जोखिम बन्दुक उठाएर होइन
कोदाली उठाउने हिम्मत हामी राख्न सक्छौ ? के हामी अब नयाँ आयामका साथ देसभर नयाँ
अभियानमा लाग्न तयार छौ ? के त्यो अहिलेको आवश्यकता होइन ? के हामी भष्ट्राचारमुक्त
देसको कल्पना मात्र होइन वास्तविकतामा पनि भष्ट्राचारमुक्त देस बनाउन सक्छौ ? हजारौ युवाका सपना
इच्छाशक्ति कहा गए र हामी दसकौ पनि उहि पुरातनवादी विचार वोकेका इच्छाशक्ति नभएका पाटिका
पुच्छर समातेर हिडेका छौ ? हाम्रो लगनशीलता र पौरख कहाँ गयो ? के हामी सधै विदेशिनका
लागि प्रमाणपत्र बोकेर दुतावास दुतावासमा लाइन बस्न जाने हो ?
नयाँ अभियानका लागि के हामी
अहिले नै हाम्रो सबै स्वार्थ त्यागेर नमुनाका रुपमा अगाडि बढ्न सक्छौ ? हो सक्छौ भने किन ढिला
गरिराखेका छौ हामीले ? के मेरो गाउँकि साइली भाउजु र माइला दाइ जस्ता लाखौ
परिवारमा खुसी ल्यानका लागि हामीले नयाँ जागरण गर्ने समय भएन अब ? हो भयो भने सधैभरि मिठा
भाषण गर्ने गगन थापा देसका लागि के पाटि परित्याग गरेर नयाँ अभियानमा आउन तयार छौ ? के गोकर्ण विष्ट जस्ता
नेता एमालेसँगै सबै स्वार्थ छोडेर नयाँ अभियानमा लाग्न सक्ने क्षमता राख्छन् ? के रेडियो र मिडियामा
छाउने रविन्द्र मिश्र, विजयकुमार, नारायण वाग्ले, युवराज धिमिरेलगायतका मिडियाकर्मि एक पटक सबै चिज छोडेर
देसको नयाँ नक्शा कोर्न बाहिर निस्कने क्षमता राख्छन ? नामको सूची लम्विन सक्छ के
हामी सबै युवा आआफ्ना स्वार्थ र लोभ छोडेर १० वर्षका लागि विष्मयकारी अभियानमा नशा
लागे जस्तो लठ्ठिन तयार छौ ?
हिम्मत छ निस्वार्थरुपमा
नागरिक समाजको अगुवा बन्नका लागि ? के मिडियामा लागेका मिडियाकर्मि, स्वास्थसेवाकर्मि, इन्जिनियर, समाजसेबी, वुघ्दिजीवि सबैले चिन्ता
मात्र प्रकट गरेर देस बन्छ ? जबजब देसले हार्न थाल्छ सबैले टुलुटुलु हेरेर बस्छौ भने
तिमिहरुलाइ देसले श्राप दिनेछ । देसमा तिमीहरु जस्ताले नयाँ अभियानका लागि अगुवा
गर्न थाल्यौ भने जनताले पनि विश्वास गर्न थाल्नेछन । के तिमीहरु अब स्वार्थका सबै
पोका १० वर्षका लागि थन्काएर देस चलाउने अभियानमा लाग्न सक्छौ ?
अचम्म लाग्छ तिमीहरु कसरी
धैर्य लिदै रातभर निदाउन सकेका छौ ? यतिवेला देसले हारेको छ । राजनितिक पाटि नालायक भैसकेका
छन् । खुलेयाम भष्ट्राचार मौलाएको छ । सरकारी संयन्त्र विगठनतुल्य भएको छ । सिमित
व्यक्तिले राज्यको सम्पति कुम्ल्याएको कुम्ल्याइ छन । के अब अति भएन ? मुख खोल्ने समय भएन ? पत्रकार हौ वा वकिल, डाक्टर हौ वा इन्जीनियर, व्यवसायी हौ वा उधमि के अव
तिमीहरु सडकमा आउने बेला भएन ? सबैलाइ समेट । आव्हान गर । हातमा हात मिलाउ । अब देसले
तिमीहरुसँग थप परीक्षा लिन चाहन्न ।
देसमा भएको स्रोत साधनलाइ
सदुपयोग नगरेर हामी विदेसी बस्तुको उपभोग गर्न थालेका छौ । के तिमीहरुको मन खुसी छ
? मेरा हजुरबुवाले भनेजस्तो कहिले सुधार ल्याउने हो कृषि प्रणालीमा । कहिलेसम्म
हजारौ विगा जरीखोलाका खेतवारी जस्ता उत्पादनमूलक जग्गालाइ बाझै राखेर कोफिनमा
ल्याएको पैसा गनेर देसको आर्थिक स्तर बढेको घमण्ड गर्ने हो ?
के नयाँ अभियानका लागि
नेपालमा कुनै सपुत जन्मेको छ ? कोही छ नेपालमा जिउदो मान्छे जसले १० वर्षको कार्यक्रम
ल्याएर देसलाइ परिवर्तनउन्मुख बनाउने हिम्मतवाला ? कि सबै मरिसके ? र देस मसानघाट जस्तो भैसक्यो ? जहाँ दिनदहाडै देसलाइ
बलत्कार गरेको हेर्न सक्ने नागरिक छन त्यस देसमा कसरी परिवर्तन आउछ ? कसैको हिम्मत छ एक सरो कपडा
बोकेर नाङ्गीएको देसलाइ लगाइदिने ? बलत्कृत देसलाइ
मनोवैज्ञानिकरुपमा शितलता दिदै पुनर्जीवन दिने, कसैले हिम्मत गर्न सक्छ ? छ भने अब ढिला नगर । बाहिर
आऊ । देस अब कसले झिनामसिना बैठक डाक्ने जस्ता लफडामा समय वरबाद गर्न चाहन्न । कसिङ्गर
हटाएर नयाँ फरम्याटमा देसलाइ नेतृत्व देऊ । लाखौ युवा देसका लागि जीवन बलिदान गर्न
तयार छन् ।
भण्डारी वासिङ्टन डिसीस्थित
रहेको भिजन फर नेपाल फाउण्डेशनसँग आवध्द छन् ।